काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध सिठ्ठी जुलुस निकाल्ने भएको छ।
मंगलबार दिउँसो सवा तीन बजे काठमाडौंको लैनचौरदेखि वसन्तपुरसम्म सिठ्ठी जुलुस निकालिने राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए।
सिठ्ठी जुलुसमा जनवर्गीय संगठन नेता कार्यकर्तासहित शुभेच्छुकले सहभागिता जनाउने सापकोटाले बताए। सिठ्ठी जुलुस निकाल्न प्रचण्ड–नेपाल पक्षका नेता-कार्यकर्ता लैनचौरमा भेला हुन थालेका छन्।
प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनको पहिलो दिन सिठ्ठी जुलुस गर्न थालेको हो। भोलि माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहितको भर्ना कार्यक्रम हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।