काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिए झैं तम्सिने बताएका छन्।
उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरे झैं दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन्।
कांग्रेस वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने बताएका छन्। उनले प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन्।
साथै, लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफैं अघिल्लो मोर्चामा हुने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।