काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्। उनले आउँदो वैशाखका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्ने समेत बताए।
६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले चुनावको तयारी अघि बढेकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे।
‘कतिपय मान्छेले निर्वाचनको औचित्यमा प्रश्न गरेका छन्। निर्वाचन लोकतन्त्रको प्राण हो। यसका निम्ति सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्नेछ’, नेकपाका महासचिव समेत रहेका पौडेलले भने, ‘लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।