फाइल तस्बिर
काठमाडौं– नागरिक समाजले गरेको बालुवाटार मार्च प्रहरीले हस्तक्षेप गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने कार्यक्रमलाई प्रहरीले भाटभटेनी अगाडि पुग्दा बल प्रयोग गरेको हो।
एक्कासी प्रहरीले बल प्रयोग गर्दा आफूहरू घाइते हुन पुगेको आन्दोलनका अगुवा‚ लेखक/पत्रकार नारायण वाग्लेले बताए। उनले भने, ‘हामीलाई प्रहरीलाई पहिल्यै भनेका थियौं, शान्तिपूर्ण रुपमा हाम्रो आन्दोलन हुन्छ। तर, हामीलाई जानकारी नै नदिई प्रहरीले बर्बर दमन सुरु गर्यो।’
उक्त दमनपछि आन्दोलनकारी तितरवितर भएका छन्। घाइतेहरुको पहिचान गरी उपचार गरिने उनले बताए। यो दमनपछि आफूहरुको आन्दोलन अझै कडा बनाउने घोषणा गर्दै उनले भने, ‘हामीमाथि जुन दमन भएको छ। यसले राम्रो संकेत गरेन। अब तेस्रो जनआन्दोलन सुरु भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।