• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलास : ओलीका विवादित अभिव्यक्तिदेखि 'ब्याक-डेट'को राजपत्रसम्म

64x64
दुर्गा दुलाल आइतबार, माघ ११, २०७७  २०:३०
1140x725

काठमाडौं- एक सातायता सर्वोच्च अदालतमा 'गरमागरम' बहस भइरहेको छ। गत आइतबारबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दामा निरन्तर बहस भइरहेको छ। रिट निवेदकहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। 

आइतबार बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मूल विषयको बहसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला अभिव्यक्तिबारे इजलासमा प्रश्न उठाए।

शनिबार प्रधानमन्त्रीले राजधानीको एक कार्यक्रममा बोल्दै सर्वोच्च अदालतमा चलिरहेको बहसलाई 'तमासा'को संज्ञा दिएका थिए। उनले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भनी इजलासमा बहस गरेका ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानजक टिप्पणी गरेका थिए। सोही टिप्पणीलाई संकेत गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रश्न उठाएका हुन्। 

‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न। के तमासा गरेको हो?,’ ओलीले टिप्पणी गरेका थिए।

झापा आन्दोलनमा व्यक्ति हत्याको मुद्दामा ओलीकै कानुन व्यवसायी भएर बहस गरेका र अधिवक्ताहरूका पनि गुरु मानिने भण्डारीमाथि यस्तो टिप्पणी गरेपछि इजलासमा त्रिपाठीले प्रश्न उठाएका हुन्। त्यस्तै ओलीले इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भन्दै अवहेलनाजन्य कार्य गरेको भन्दै यसलाई नोटिसमा लिन आग्रह गरे। 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति कार्यालय पठाएदेखिकै अभिव्यक्ति अन्तर्गत शनिबार आएको भएपनि यो इजलास र 'कानुन व्यवसायीका गुरु'प्रति लक्षित भएपछि इजलासमा उनले गम्भीरताका साथ उठाएका थिए। तर उनले उठाएको प्रश्नमा इजलासले चासो दिएन।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यो बहसबाट बाहिर निकाल्न जमर्को गरे। ‘बाहिर पूर्व र बहालवालाहरू धेरै कुरा बोलेका छन्। इजलासले यहाँ जे आएको छ, त्यही सुनौं,’ प्रधानन्यायाधीशले भने, ‘बाहिर आएका धेरै कुरा सुन्ने काम इजलासले गर्न अब जरुरी छैन।’

उनको यो भनाइपछि इजलासमा बहस अघि बढ्यो। वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको दाबी गरे। ‘जे गरेपनि सरकार दिन्न भनेर संसदले भनेपछि मात्र विघटन हुने हो,’ त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले यो विशेष अधिकारको रुपमा प्रयोग गर्न पाउँदैन।’ संविधानको धारा ७६ ले कल्पना गरेको प्रक्रिया संसदमा गएर अवलम्बन हुनुपर्ने उनको जिकीर थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उनीपछि बहसका लागि अधिवक्ता निर्तिका ढुङगाना आएकी थिइन्। उनले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार, क्षेत्राधिकार र विशेषााधिकार कुनै पनि नभएको बताइन्।

‘प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न दिइएन भन्नुभयो। कुन धाराले प्रधानमन्त्रीलाई काम गर्न अवरोध भयो,’ उनले भनिन्, ‘कानुनले अवरोध नगरी राजनीतिक मुद्दा हो भनेर लिखित जवाफमा पेस गर्नु भएको छ यसले हुँदैन।’

दक्षिण अफ्रिकामा निर्वाचन गर्ने विषयमा विवाद हुँदा संसद् विघटन भएको उदाहरण दिँदै उनले विघटनको कारण जनतालाई भनिनुपर्ने र कानुनको आधार हुनुपर्ने उनको जिकीर थियो।

‘वैकल्पिक सरकार बन्ने अवस्था बाँकी नै थियो। संसदले सरकार बनाउने हो,’ उनले भनिन्, ‘संसद् बाहिर बसेर प्रधानमन्त्रीले केही गर्न पाउँदैन। संसदभित्र रहेर सरकार बनाएपछि मात्र विकल्प हुने हो।’

ढुंगानाले विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने उनले दाबी गरिन्। उनले संसदको विघटन कसरी आवश्यकता हुन्छ भनी प्रश्न उठाए।

अधिवक्ता केदार कार्कीले पनि संसद् विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने जिकीर गरे। अधिवक्ता वीरेन्द्रकुमार ठाकुरले दुईतिहाईको सरकारलाई के अप्ठारो पर्‍यो वा संसद नै घाँडो भयो भनी प्रश्न उठाए। संसदीय सुनुवाई गर्ने, कानुन बनाउनेलगायतका काम बन्द भएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने दाबी उनले गरे।  

‘वहाँको चासोको विषय संसद् होइन। दुई तिहाई ल्याउनेमा मात्र देखियो,’ उनले भने, ‘काम गर्न होइन। दुईतिहाई ल्याउन विघटन गर्ने अधिकार संविधानमा छैन।’ 

पाँच वर्षका लागि आएको सरकार भएकाले यो अवधिको संसदको काम कसले गर्ने हो विघटन गर्ने प्रधानमन्त्रीले जवाफ दिनुपर्ने तर्क गरे। उनले इजलासमा एक्कासी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक शिक्षाको प्रश्न उठाएका थिए।

‘वहाँहरुको बायोडाटामा कहीँ पनि औपचारिक शिक्षा देखिँदैन,’ उनले भने, ‘यो नभएकाले पनि संविधान मिचिएको हो कि?’ उनी विषयभन्दा बाहिर गएपछि न्यायाधीश अनीलकुमार सिन्हाले हस्तक्षेप गरेका थिए।  

‘यो व्यक्तिगत कुरामा नजानुस्, संविधानले योग्यता तोकेको भए बेग्लै नत्र त्यसमा नजाऔँ,’ सिन्हाले भने। लगत्तै प्रधानन्यायाधीश राणाले पनि अब त्यता नजानुस् भनेसी नजानुस् न। किन त्यता बहस गर्नुहुन्छ भन्दै रोकेका थिए। इजलासको यो प्रश्नपछि उनी बहस टुंग्याउनतिर लागेका थिए। उनले संसद् पुनर्स्थापना भई त्यही संविधानअनुसारको प्रक्रिया हुनुपर्ने तर्क अघि सारेका थिए। 

उनीपछि अधिवक्ता किवाहाङ राई बहसका लागि उत्रेका थिए। ‘संविधानले राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई बाँधेको हुन्छ,’ उनले भने, ‘उहाँहरू संविधानभन्दा बाहिर जान मिल्दैन।’ उनले संविधान विघटन गर्ने अधिकार संविधान निर्माणको क्रमममा स्थिरताका लागि नराखीको जिकीर गरे। 

‘संसद् पुनस्थापना गरेर प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव राखेर हटाउनु पर्छ,’ उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन पर्छ।’

उनीपछि प्रतिनिधि सभामा पूर्व सांसद देव गुरुङको निवेदनमा बहस शुरु भएको थियो। गुरुङका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए। दुई घण्टा माग गरेर उनले बहस सुरु गरे।

'संविधानको धारा ७६ को उपधारा (७)ले के के गर्न सक्छ? लिखित जवाफ हेर्दा सरकार चलाउन सकिनँ, दलले साथ दिएन विकल्प भएन भनेर प्रधानमन्त्रीले भन्नु भएको छ,' न्यायाधीश सपना प्रधान मल्लले पोखरेललाई प्रश्न राखेकी थिइन्, 'यसमा प्रधानमन्त्रीको कहाँ बदनियत देखियो!'

प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा संविधानको धारा ७४ अनुसारको संसदीय अभ्यास गर्दै प्रतिनिधि सभा विघटन गर्ने आफ्नो अधिकार भनेको तर धारा ७५ अनुसार अधिकार भएको दाबी गर्नु गलत भएको उनको आशय गलत भएको भन्दै पोखरेलले बहस गरे। ओली बहुमत सरकार भएकाले उनलाई यो विकल्प नहुने उनको दाबी थियो। राजनीतिक दलसम्बन्धी ऐन र संविधान हेर्दा यो निर्णय गैरकानुनी भएको उनको जिकीर थियो। 

इजलासमा नोकझोक 
प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सुरु हुनुअघि केही बेर सवालजवाफ भएको थियो। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रबारेमा इजलासमा निवदेन पेस गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरूबीच भनाभन भएको हो। इजलासले निवदेनका विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो। 

श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरूले बीचबीचमा निवेदनहरू ल्याएर त्यसबारे बहस नगर्न भनेका थिए। लगत्तै सरकारी वकिलका तर्फबाट महान्यायधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त तथा नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरेका थिए। 

त्यस क्रममा दुवै पक्षबीच भनाभनजस्तै भएको थियो। इजलासले पछि समय नदिने भनेपछि वरिष्ठ अधिवक्ता श्रेष्ठ पछि हटे। त्यसपछि सरकारी वकिलहरु पनि आ-आफ्ना स्थानमा बसे। पालो अनुसार निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस सुरु गरेका थिए। 

राजपत्र ‘ब्याकडेट’मा छपाइएको भन्दै इजलासमा निवेदन 
प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना भएको राजपत्र ‘ब्याक डेट’मा छपाएर इजलासमा पेस गरेको भन्दै इजलासमा निवेदन दर्ता भएको थियो। रिट निवेदक देव गुरुङका तर्फबाट निवेदन दर्ता गरिएको हो।  

बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए। लगत्तै रातारात छापेर शुक्रबारको इजलासमा पेस भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण पाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्य... सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तसँगै व्यवहारमा पनि फरक राजनीतिक अभ्यास अघि बढ... सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ विद्रोही कांग्रेसको भेलामा देउवालाई ‘सभापति’ लेखिएको नेमप्लेट राखिएको विषयतर्फ संकेत गर्दै थापाले देउवालाई गलत ढंगले प्रयोग गर्न खोज... सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्