• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

चिनियाँ जहाज व्यवस्थापनको फाइल अर्थमन्त्रीको टेबलमा 

64x64
नेपाल लाइभ आइतबार, माघ ११, २०७७  १३:३८
1140x725

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले ५ वटा ९३ वटा वाई-१२ र २ वटा एमए-६००  चिनियाँ जहाज व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु पौडेलको टेबलमा पुगेर रोकिएको छ।

‘लामो सयमदेखि जहाज व्यवस्थापनको फाइल अर्थ मन्त्रालयमा रोकिएको छ,’  अर्थमन्त्रालय स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमले जहाज व्यवस्थापनका लागि अगाडि सारेको सुझाव फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको महिना दिनभन्दा बढी भइसकेको छ। तर, निर्णय हुन सकेको छैन।’

जहाज व्यवस्थापनको विषयमा निर्णय हुन नसक्नुको एउटै कारण हो राजनीतिक तवरमा चीनबाट जहाज खरिद हुनु। 

चिनियाँ पक्षलाई चित बुझाएरमात्रै जहाज व्यवस्थापनको निर्णय गर्ने तयारी भएको अर्थ मन्त्रालयको भनाइ छ। तर, चिनियाँ पक्षले भने निगमले जहाज उडान बन्द गरेको विषयमा असन्तुष्टि व्यक्त गरिसकेको छ। निगमले जहाज उडान गर्नु पर्ने र आफूहरुको तर्फबाट सक्दो सहयोग रहने चिनियाँ पक्षकाे भनाइ छ। 

निगमले मंसिर पहिलो साता नै जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयकै आग्रहमा सुझाव दिएको थियो। निगमले  जहाज फिर्ता गर्नेदेखि बिक्री गर्नेसम्मका ४ वटा विकल्पसहितको सुझाव पर्यटन मन्त्रालयमा पठाएको थियो। सोही सुझाव पर्यटन मन्त्रालयले अर्थमा पठाएको थियो। निगमले गत साउन १५ गतेदेखि चिनियाँ जहाज सदाका लागि उडान बन्द गराएको थियो। 

के–के छन् विकल्प?
निगमले पहिलो विकल्पको रुपमा जहाज बिक्रेता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेशनलाई वाई–१२ र एमए–६० जहाजको फेयर मार्केट भ्यालुका आधारमा विमानहरु फिर्ता गरी व्यवस्थापन गर्ने विषय उल्लेख गरेको छ।

यसैगरी दोस्रो विकल्पको रुपमा टेण्डर गरी बिक्री गर्न सकिने उल्लेख छ। तेस्रो विकल्पको रुपमा लिज प्रक्रियाबाट अन्य कम्पनीहरुलाई जहाज दिन सकिने विषय पनि निगमले अगाडि सारेको छ। यसैगरी चौथो विकल्पको रुपमा नयाँ जहाज खरिद गर्दा डाउनपेमेन्टको रुपमा प्रयोग गर्ने विषय रहेको छ।

निगम सञ्चालक बोर्डको गत असार १६ गते बसेको बैठकले चिनियाँ जहाज साउन १५ गतेबाट सदाका लागि उडान बन्द गराउने भन्दै तिनको व्यवस्थापनबारे निर्णय गर्न पर्यटन मन्त्रालयलाई पत्राचार गरेको थियो। पत्र पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थले पनि जहाज व्यवस्थापनका विकल्पका बारेमा आवश्यक राय माग गर्दै पर्यटन मन्त्रालयलाई पुनः जवाफ पठाएको थियो।
त्यसपछि पर्यटन मन्त्रालयले जहाज व्यवस्थापनको विकल्प के हुनसक्छ भनेर निगमसँग राय मागेको थियो। सोही अनुसार जहाज व्यवस्थापनको विषय अगाडि बढेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

६ वर्षमा साढे २ अर्ब घाटा
आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले खरिद गरेका ६ वटा चिनियाँ जहाज (४ वटा वाई-१२ र २ वटा एमए-६०) बाट ६ वर्षमा झन्डै २ अर्ब घाटा व्यहोरेको छ।

आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा निगमले ६ वटा चिनियाँ जहाजबाट कुल २ अर्ब ४८ करोड ३९ लाख ४८ हजार २ सय ८ रुपैयाँ घाटा व्यहोरेको हो। निगम स्रोतका अनुसार २ वटा एमए-६० जहाजबाट ६ वर्षमा १ अर्ब ५१ करोड २४ लाख ८४ हजार ८ सय ४६ रुपैयाँ घाटा भएको छ। यसैगरी, ४ वटा वाई-१२ जहाजबाट भने ९७ करोड १४ लाख ६३ हजार ३ सय ६२ रुपैयाँ घाटा भएको हो।

चिनियाँ जहाजबाट निरन्तर घाटा भएको र उडान पनि प्रभावकारी हुन नसकेको भन्दै निगमले साउन १५ गतेबाट सदाका लागि जहाज ग्राउन्डेड गराइसकेको छ। जहाज ग्राउन्डेड भए पनि निगमले केही इन्जिनियर, पाइलट तथा बिमाबापतको रकम भने तिरिराख्नुपरेको छ। 

निगमले थप भारबाट जोगिन चिनियाँ जहाजको सहज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको पनि ३ महिनाभन्दा बढी भइसकेको छ। 

जहाज सदाका लागि ग्राउन्डेड गर्ने निर्णय गरे पनि चिनियाँ अधिकारीहरुले जहाज नेपालमा नै उडाउनु पर्ने भन्दै दबाब दिँदै आएका छन्। नेपालमा चिनियाँ जहाज ‘फ्लप’  भएको सन्देश बाहिर जाने भएकाले जसरी पनि जहाज उडान गराई आफ्नो देशको प्रतिष्ठा जोगाउन चिनियाँ दूतावासले दबाब दिँदै आएको अर्थ मन्त्रालय स्रोत बताउँछ। यो जहाज खरिदका बेला नै राजनीतिक तहबाट निर्णय भएकाले अर्थका कर्मचारीले यसलाई सकारात्मक रूपमा लिएका थिएनन्। 

तै पनि निगमलाई घाटा नहुने गरी आवश्यक विकल्पमा अघि बढ्ने गरी अर्थ मन्त्रालयले बाटो खुला गरिदिने तयारी गरेको बताउँदै आएको छ। निगमले भने अर्थ र पर्यटन मन्त्रालयबाट ‘आफूलाई फाइदा हुने गरी जहाज व्यवस्थापन गर्नू’ भन्ने निर्णय भए आफूहरुलाई सहज हुने बताउँदै आएको छ।

निगमले अब आन्तरिक उडानका लागि नेपालको भूगोलसँग मिल्दोजुल्दो जहाज खरिद तथा भाडामा लिने तयारी गरेको छ। तर, चिनियाँ जहाज व्यवस्थापन नहुँदा निगमलाई नयाँ जहाज किन्न सहज छैन। 

‘चिनियाँ जहाजबाट हुने आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई घाटा छ,’ निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले भने, ‘चिनियाँ जहाजको व्यवस्थापन नै सबैका लागि उत्तम विकल्प हो भने निगमलाई पनि फाइदा छ।’ 

उनले व्यवस्थापनका नियामक र सरोकारवाला निकायको निर्देशन र निर्णयअनुसार आफूहरू अगाडि बढ्ने तर्क गरे। 

२०६९ मंसिरमा नेपाल र चीनबीच ६ वटा चिनियाँ जहाज खरिदका लागि दुईपक्षीय सम्झौता भएको थियो। सम्झौतामा एउटा एमए–६० र एउटा वाई–१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई–१२ जहाज ऋणमा  लिने सम्झौता भएको थियो। सोही सम्झौतापछि २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो। साथै सोही वर्ष २०७१ को कात्तिकमा अनुदानवापतको अर्को वाई-१२ जहाज नेपाल आएको थियो।

यसैगरी बाँकीमध्ये २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ आएको थियो। निगमले २०७४ फागुनमा बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो। यसरी खरिद भएर नेपाल ल्याइएका चिनियाँ जहाजबाट निगमले आर्थिक वर्ष ०७६/०७७ सम्म २ अर्ब ४८ करोड घाटा बेहोरेको छ।

जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

सुहलियत दरका ऋणको किस्ता र ब्याज अब निगमले तिर्ने समय सुरू हुन लागेको छ। निगमले २०९० सालसम्म जहाज खरिदको ऋणको किस्ता र ब्याज तिर्नु पर्ने भनिएको थियो। निगमले चिनियाँ जहाज अपरेसनमा १९ वटा कमजोरी देखाउँदै उडान बन्द गर्ने घोषणा गरिसकेको छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भएको शेखर पक्षको निष्कर्ष बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्