• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीतो क्षणमा अमिलो थप्ने एउटा तस्बिर

64x64
डिबी खड्का शनिबार, माघ १०, २०७७  १६:२५
1140x725
मलेसियाका ल्याइएको शव बोकेर गन्तव्यतिर गइरहेको पिकअप भ्यान। तस्बिर : निमेषजंग राई

सबैले भन्छन्- तस्बिर आफैं बोल्छ। तस्बिरले त कटाक्ष पनि गर्ने रहेछ! त्यो पनि यस्तो कटु यथार्थमाथि, जसको तीतो सहन यसै पनि सकस परिरहेको हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कैद भएको एक तस्बिरले तीतो मात्रै होइन, अमिलो पनि थपेको छ। तीतो नै पचाउन मुस्किल परिरहेका बेला तस्बिरले थपेको अमिलोले झन् ठूलो कटाक्ष गरिरहेको छ।

जिन्दगी सुन्दर बनाउने सपना बोकेर पराइ भूमि पुगेका १८ जीवन शनिबार शव बनेर नेपाल आइपुगे। शव पनि सजिलै ल्याउन नसकिने समयमा लामो प्रतीक्षापछि जसोतसो ल्याइए। 

शव बुझ्दै गर्दा आफन्तका आँशु खसेको हृदयविदारक दृष्य त्रिभुवन विमानस्थल पुगेका धेरैका लेन्समा परे। त्यहीबीच सहकर्मी निमेषजंग राईको क्यामेराको लेन्समा एउटा यस्तो दृष्य पर्‍यो, जसले एकपल्ट रोकिएर गम्न बाध्य पार्छ। 

झट्ट हेर्दा तस्बिर सामान्य छ। एउटा पिकअप भ्यानले एउटा शव र सँगै सुटकेस बोकिरहेको छ। अरु गाडीमा जस्तै त्यो गाडीमा पनि एउटा गाडी साहित्य छ। लेखिएको छः 

हाँसीखुशी जिन्दगी चल्छ,
मेहनत गरे नेपालमै सुन फल्छ

त्यो साहित्य अरु समय, ठाउँ र अवस्थामा देख्दा सामान्य नै हो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तका आँशु छचल्किरहेको अवस्थाको दृश्य भने शक्तिशाली बनेको छ। तस्बिर हेर्दा लाग्छ, शक्तिशाली सन्देश होइन, संयोग हुने रहेछ। संयोग यो अर्थमा कि, शव बोक्नका लागि तोकिएको गाडी (शवबाहन) होइन यो, संयोगले शव बोक्न पुगेको मात्र।  

नेपालमै मेहनत गर्न प्रेरित गर्ने यो लाइन विदेशबाट फर्किएको कुनै जिउँदो मान्छेले देखेको भए कति सान्दर्भिक हुन्थ्यो! जिउँदो मान्छेले यो सन्देशलाई प्रेरणा ठान्दो हो। तर, यो लाइन लेखिएको ठीकमाथि विदेशमै ज्यान गुमाएको एउटा नेपालीको शव छ। यो खराब परिस्थितिमा सही यत्ति मात्रै भएको छ, शवले सन्देश पढ्दैन! पढ्थ्यो भने ‘कटाक्ष’ गरेको महसुस गर्ने थियो! कस्तो अफसोच, शवले कटाक्ष सहनुपर्ने!

Ncell 2
Ncell 2
nimb
nimb

तस्बिरले त्यस्तो बेला पाठ पढाइरहेको छ, जतिबेला एउटा पढ्नुपर्ने मान्छे त्यसैका माथि शव बनेर लडिरहेको छ। पढ्नुपर्ने अरु धेरै मान्छे आपसमा लडिरहेका छन्। 

यो सन्देश पढ्नैपर्ने मान्छे राजनीतिज्ञ हुन्। जसले नेपालमै मेहनत गरेर सुन फलाउने वातावरण कहिल्यै बनाउन सकेनन्। त्यसैको परिणाम आज एकैपल्ट १८ जीवन शव बनेर नेपाल आए। अझै धेरै जीवन शवका रुपमा विदेशी भूमिमा थन्किएका छन्। 

नेपालमै सुन फलाउनका लागि राजनीतिक स्थिरता अनिवार्य शर्त हो। लय समात्नै लागेको राजनीतिले यही बेला फेरि बाटो बिराएको छ। मेहनत गरेर देशमै सुन फलाउन लागिपरेकाहरूलाई समेत भड्काउन थालेको छ। ‘यो देश बन्दैन’, ‘यहाँ केही पनि हुँदैन’ जस्ता विरक्ति बोक्ने वाक्य बाक्लै सुनिन थालेका छन्।

उनीहरू मेहनत गर्नकै लागि पराइ भूमि पुगेका हुन्। ज्यानकै बाजी लगाएर जीवन धान्नुपर्ने नेपाली जीवनका बाध्यताको एउटा परिणतिको तस्बिर हो यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शवलाई यो परिस्थितिले भावुक बनाउन सक्छ, यो कटाक्षले घोच्न सक्छ तर राजनीतिज्ञलाई? नेपालका राजनीतिज्ञसँग त शवले पनि सावधान रहनुपर्ने बेला भएको छ, किनभने उनीहरू यहाँ पनि ‘एजेन्डा’ खोजिरहेका हुन सक्छन्!

यो पनि पढ्नुहोस्

बाकसमा आफन्त आउँदा...[फोटो फिचर]शनिबार, माघ १०, २०७७

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्