• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हतारमा न्यायाधीश, अधिवक्ता भन्छन्- विघटन र निर्वाचन घोषणामा ज्ञानेन्द्र शैली

64x64
दुर्गा दुलाल शुक्रबार, माघ ९, २०७७  २०:१७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार ९ जना कानुन व्यवसायीले बहस गरे। 

बुधबारदेखि इजलासले समय निर्धारण गरेर बहस सुनिरहेको भएपनि समय-समयमा त्यो अवधि नाघ्ने गरेको छ। कतिपय वरिष्ठ अधिवक्तालाई ३० मिनेट, अन्य वकिललाई १५-२० मिनेट समयमा बहस सक्न इजलासले भनेको छ। 

वकालतनामामा नाम नभएको भनी बिहीबार फिर्ता भएका वरिष्ठ अधिवक्ता नरहरि आचार्यबाट शुक्रबारको बहस शुरु भयो। सर्वोच्च बारका पूर्व अध्यक्ष आचार्यले ५ गते मात्र वकालातानामा पेस गरेका र इजलासले ४ गतेबाट रोकेको भन्दै फर्काएको थियो। 

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले भने–३०० जना हुनुहुन्छ, छोटो बहस गर्नुस्शुक्रबार, माघ ९, २०७७

आचार्यले आफूहरूले सामान्य निवेदन लेख्दा नियम-कानुन छुट्यो भने अदालतले खै नियम-कानुन लेखेको भनेर सोध्ने गरेको प्रंसग जोड्दै प्रधानमन्त्री केपी ओलीले गरेको यति ठूलो निर्णय सदर गर्दा राष्ट्रपतिले कुन कानुनको आधारमा प्रतिनिधि सभा विघटन गरेको भनेर हेर्नेसम्म नगरेको तर्क गरे। 

वरिष्ठ अधिवक्ता शालिकराम सापकोटाले बूढाबूढी बाबुआमालाई निर्दयी छोराछोरीले गर्ने व्यवहारजस्तै प्रधानमन्त्रीले प्रतिनिधि सभालाई कुव्यवहार गरेको टिप्पणी गरे। 

'राष्ट्रपतिको कानुनी सल्लाहकार हुनुहोला नि! उहाँले संविधान कार्यान्वयन गर्दा संवैधानिक छ/छैन भनेर परामर्शसम्म गरेको देखिएन,’ उनले भने, 'कानुनअनुसार नभएको भन्दै फिर्ता लिनुस् भन्न पाउने अधिकार दिएको छ संविधानले। तर त्यसको पालना भएको देखिएन।’

प्रतिनिधि सभालाई कसैले विघटन गर्न नसक्ने गरी संविधानमा व्यवस्था गरिएको उनको बहसमा प्रस्तुत तर्क थियो। ‘विघटन हुन्छ भने आफ्नै कारणले हुन्छ,’ आचार्यले भने, ‘प्रधानमन्त्री दिन नसके मात्रै प्रतिनिधि सभा विघटन हुन्छ।’ प्रधानमन्त्रीका रूपमा आफूलाई जन्म दिएको प्रतिनिधि सभालाई नै प्रधानमन्त्री ओलीले मारेको उनको भनाइ थियो। 

वरिष्ठ अधिवक्ता शालिकराम सापकोटाले 'बूढाबूढी बाबुआमालाई निर्दयी छोराले गर्ने व्यवहारजस्तै' प्रधानमन्त्रीले प्रतिनिधि सभालाई गरेको टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘जेठो छोराले भन्यो, अब दुई वर्षमा मरिहाल्छन् अहिले नै आर्यघाटमा लगेर दागबत्ती दिन्छु,’ उनले भने, ‘के यो कुरा सही हो श्रीमान्? प्रधानमन्त्रीले त्यस्तै गर्नु भएको छ।’ ताजा जनादेशका लागि जान्छु भन्ने प्रधानमन्त्रीले संसदसमेत ‘फेस’ गर्न नसकेको उनको टिप्पणी थियो। 

बहसका क्रममा न्यायाधीश अनीलकुमार सिन्हाले नेपालको संविधानको धारा ७६ को उपधारा (१) को एकभन्दा बढी दलका तर्फबाट चुनिएको प्रधानमन्त्री भएसम्म संविधानको धारा ७६ को उपधारा (२) आकर्षित हुन्छ कि हुँदैन? सोही धाराको उपधारा (३) र (५) मा जान सक्छ कि सक्दैन? भनेर सापकोटालाई जिज्ञासा राखे। उनले सोधे, 'धारा ७६ को उपधारा (१)अनुसारको प्रधानमन्त्रीले धारा ७६ को उपधारा (७) प्रयोग गर्न सक्छ कि सक्दैन?'

‘हाम फालेर एकैपटक धारा ७६ को उपधारा (७) मा जान सक्दैन,’ उनले भने, ‘अब चुनाव हुन्छ कि हुन्नमा जाऔँ। २०६१ साल माघ १९ गतेपछि राजा ज्ञानेन्द्र शाहले चुनाव गराएका थिए त?’ केपी ओलीको अहिलेको कदम ज्ञानेन्द्रको जस्तै भएको उनको तर्क थियो। 

1140x725

Xtrem

Xtrem

'जसरी ज्ञानेन्द्रबाट कदम चालियो, प्रधानमन्त्री केपी ओलीले पुस ५ मा पनि ज्ञानेन्द्रकै कलम र त्यही मसीले निर्णय लेखेका हुन्,’ उनले दाबी गरे। 

उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता शैलेन्द्र दाहाल उपस्थित भए। सर्वोच्च बारका पूर्वअध्यक्षसमेत रहेका दाहालले धारा ७६ को उपधारा (७) अनुसार प्रतिनिधि सभा विघटन हुनुअघि विश्वासको मत लिन जानुपर्ने र नपाएमा मात्रै अर्को सरकार बन्न बाटो खुल्ने बताए। यो प्रक्रियामा जाँदा पनि नयाँ सरकार बन्न नसकेमा मात्र विघटनको विकल्प संविधानमा भएको दावी पेस गरे। 

खाजा समयपछि बोलेका अधिवक्ता राजु चापागाईंले ऐतिहासिक रूपमा संविधानको निर्माण र विकासक्रमलाई इजलासले हेर्नुपर्ने बताए। वि.स. २०१५ को संविधानमा के थियो, २०४७ सालको संविधानमा के राखियो र अहिलेको संविधानमा के छ भन्नेबारे व्याख्या गर्न जरूरी भएको उनको तर्क थियो। संविधानको आधारमा नै समाधान दिनुपर्ने भन्दै उनले त्यसो हुँदा ‘प्रधानमन्त्रीले पनि जित्नुहुन्छ अरू सबै नेपालीले पनि जित्ने छन्,’ भने। 

बहस चलिरहँदा न्यायाधीश सपना मल्लले उनलाई प्रश्न उठाइन्। 'संसदीय प्रणालीको अभ्यासका आधारमा विघटन गर्न पाइन्छ भन्ने छ। यसलाई कसरी हेर्नुहुन्छ?,' चापागाईंसँग उनको प्रश्न थियो। अधिवक्ता चापागाईंले  संविधान र कानुनले जे भन्यो त्यही मात्र गर्नुपर्ने बताएका थिए। 

चापागाईंले प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा (७) प्रयोग गर्नुअघि धारा १०० को अधिकार प्रयोग गरेको दावी गरे। अविश्वासको प्रस्ताव २ वर्षसम्म ल्याउन नपाउने हुदाँसम्म संसदले सहयोग गरेको देख्ने प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने देखेपछि असहयोग गरेको भन्न नमिल्ने दावी गरे।

चापागाईंपछि अधिवक्ता कोपिलप्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद, गुणराज घिमिरे र राधाकृष्ण तिमिल्सिनाले बहस गरेका थिए। अधिवक्ता गुणराज घिमिरेले बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री ओलीले राजीनामा दिएमा कसरी स्थिर सरकार हुन्छ? भनी प्रश्न गरेका थिए। घिमिरेले स्थिर सरकारको परिकल्पना संविधानले गरेकाले प्रधानमन्त्री ओलीले चलाउन नसकेर राजीनामा दिनुपर्ने तर्क अघि सारेपछि प्रधानन्यायाधीशले प्रतिप्रश्न गरेका थिए। 

निवेदकका तर्फबाट बहस नसकिएकाले मुद्दा संवैधानिक इजलासमा 'हेर्दाहेर्दै'मा रहेको छ।  आइतबार पनि यही विषयमा बहस हुनेछ। दायर भएका १३ वटा निवेदनमध्ये चार वटामा बहस समाप्त भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २०:१७
  • #संवैधानिक
  • #प्रतिनिधिसभाविघटन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्