फाइल तस्बिर
काठमाडौं- नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असफलता लुकाउन प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सभामा सम्बोधन गर्दै भुसालले ओलीले भनेको मितिमा चुनाव नहुने स्पष्ट पारे। 'केही मान्छे भन्दैछन्- चुनाव हुन्छ। ओलीले प्रतिनिधि सभा विघटन गर्दा प्रस्तुत गरेका ८ मध्ये ७ वटा कारणमा दुई तिहाइ ल्याउन प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्। त्यसैले दुई तिहाइ ल्याउन सारा प्रपञ्च नहुञ्जेल चुनाव गर्नुहुन्न', उनले भने।
उनले अहिले जनतासँग दुई वटा विकल्प मात्रै भएको बताए। 'या त यो मुलुक पराजित हुनुपर्छ, लोकतन्त्र पराजित हुनुपर्छ, हाम्रो वामपन्थको इतिहास पराजित हुनुपर्छ। या त कमरेड ओली पराजित हुनुपर्छ। हामीसँग अर्को विकल्प छैन', उनले भने।
हामी संविधानको पक्षमा उभिने हो कि ओलीको पक्षमा उभिने हो? भन्दै भुसालले प्रश्न गरे। 'सात दशकको इतिहास ओलीको पछाडि उभिन तयार छैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।