• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अब बुद्ध एयरको दैनिक सय उडान

बजार हिस्सा ६५ प्रतिशत पुर्‍याउने 
64x64
नेपाल लाइभ बुधबार, माघ ७, २०७७  १३:२६
1140x725

काठमाडौं–निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड-१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ। बुद्ध एयरको यस योजनाले अन्य एयरलाइन्सलाई पनि बजार विस्तारमा तताउनेछ। बुद्ध एयरले ‘समय यात्रुको, उडान हाम्रो’ भन्ने नारासहित बजार विस्तारको योजना अगाडि सारेको छ।

यसअनुसार बुद्ध एयरले दैनिक सय वटा उडान तथा अवतरण गर्ने गरी तालिकासमेत तय गरिसकेको छ। कम्पनीले आफूसँग रहेको १३ वटा जहाजमा अर्को एउटा थप्दैछ भने काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान गर्ने गरी तालिका बनाइसकेको छ। 

‘अब हामी दैनिक १२ दर्जनभन्दा बढी उडान भर्ने छौं,’ बुद्ध एयरका रिजर्भेसन सिनियर एक्जुकेटिभ म्यानेजर सुवास घिमिरेले भने, ‘समय यात्रुको, उडान हाम्रो नाराका साथ हामीले नयाँ तालिका बनाएका छौं। जसबाट यात्रुले जुनसुकै समयमा पनि हवाई सेवा लिन पाउने छन्।’

घिमिरेका अनुसार बुद्ध एयरले अहिले दैनिक ५ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यो संख्यालाई बढाएर ६ हजार देखि ६ हजार ५ सयसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

‘‘बुद्ध एयरको अकुपेन्सी ९५ प्रतिशत हाराहारीमा पुगेको छ,’ उनले भने, ‘अकुपेन्सी बढेसँगै यात्रुलाई सहजता दिन उडान तालिका बढाउन लागेका हौं। नयाँ उडान तालिका सुरु भएको केही समय ९० प्रतिशतमा अकुपेन्सी झरे पनि हामी पुनः ९५ प्रतिशतमै पुर्‍याउँछौं।’
यात्रु हिसाबले हेर्ने हो भने बुद्ध एयर अहिले पनि नम्बर १ मा पर्न सफल छ। कोभिडको महामारी वर्ष सन् २०२० मा पनि बुद्ध एयरले १५ हजार ३ सय १० वटा उडान तथा अवतरणमार्फत् ७ लाख ६५ हजार ७ सय ८ जनालाई आन्तरिक हवाई सेवा प्रदान गरेको थियो।

सन् २०२० को कुल आन्तरिक हवाई यात्रुको ५२ दशमलब ५३ प्रतिशत यात्रुलाई बुद्ध एयरले सेवा दिएको थियो। २०२० मा कुल आन्तरिक हवाई यात्रु १४ लाख ५७ हजार ५ सय ३९ थिए। यसैगरी २०१९ मा बुद्ध एयरले १५ लाख ९१ हजार ४ सय २ यात्रुलाई हवाई सेवा दिएको थियो। जुन कुल आन्तरिक हवाई यात्रुको हिसाबमा झन्डै ५० प्रतिशत हो। २०१९ मा कुल आन्तरिक हवाई यात्रु ३१ लाख ८८ हजार ४ सय ७९ थिए। 

बुद्ध एयरले कोभिड–१९ को समय सन् २०२० मा झन् आफ्नो बजार हिस्सा २ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ। ३–४ वर्ष अगाडिसम्म बुद्ध एयरको बजार हिस्सा ६५ प्रतिशतसम्म थियो। तर, अन्य कम्पनीहरुले पनि जहाज थप्दै बजार विस्तार गर्न थालेपछि बजार हिस्सा केही घटेको थियो। पुनः बजार हिस्सा बढाउँदै  ६५ प्रतिशत सम्म पुर्‍याउने लक्ष्य रहेको घिमिरेले बताए।

बुद्ध एयरको नयाँ उडान तालिका फेब्रुअरी दोस्रो साताबाट सुरु हुने उनको भनाइ छ। यसका लागि एयरले थप्ने एउटा एटिआर ७२ जहाज यसै साता काठमाडौं आइपुग्ने छ। यससँगै बुद्ध एयरसँग १४ वटा जहाज हुने छ। १४ मध्ये एउटालाई तयारी अवस्थामा राख्ने र १३ वटालाई नियमित उडानमा प्रयोग गर्ने बुद्ध एयरले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तयारी अवस्थामा राखेको जहाज कुनै उडानमा रहेको जहाजमा प्राविधिक समस्या आएमा प्रयोग गर्ने बुद्ध एयरले जनाएको छ।

कुन गन्तव्यमा कति उडान?
बुद्ध एयरले दैनिक १ सय वटा उडान तथा अवतरण गर्ने गरी तालिका पनि तयार पारेको छ। जसअनुसार काठमाडौं–पोखरा–काठमाडौं दैनिक ९ उडान, काठमाडौं–विराटनगर–काठमाडौं ८ र काठमाडौं–भैरहवा–काठमाडौं ६ वटा उडान गर्ने भएको छ।

यसैगरी सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर ४ तथा नेपालगञ्जका लागि ३ उडान भर्ने घिमिरेले बताए। अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले जनाएको छ। बुद्ध एयरले अहिले धनगढीमा २ वटा उडान गरिरहेको छ। त्यहाँ तत्काल २ वटा नै गर्ने भएको छ।

बुद्ध एयरले अहिले भद्रपुर, विराटनगर, जनकपुर, तुम्लिङटार, राजविराज, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथै दुर्गममा पनि उडान गर्ने तयारी अगाडि सारेको छ। बुद्ध एयरसँग अहिले २ वटा विचक्राफ्ट  (१८ सिट क्षमता), ३ वटा एटिआर–४२ र ८ वटा एटिआर–७२ गरी १३ वटा जहाज छन्। ती सबै उडानमा रहेका छन्। 

‘नयाँ उडान योजनामा यात्रुले आफूखुसी अनुकुल समयमा यात्रा गर्न सक्छन्। अझ कर्पोरेट बिजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्नेछन्,’ उनले भने। थपिएको जहाजबाट कम्पनीलाई नियमित विमान मर्मतसम्भार गर्न थप सजिलो हुने घिमिरेले बताए।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्