काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ जनवरीदेखि पार्किङ गरेर राखिएको २ वटा किर्गिस्तानी हेलिकोप्टर लैजान ८ जना चालकदल सदस्यका लागि अनुमति मागिएको छ।
किर्गिस्तानको सिभिल एभिएसनको सिफारिसमा स्काई हेलीले नेपाल आउन दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको हो।
‘चालकदल सदस्य नेपाल आइ हेलिकोप्टर किर्गिस्तान लैजान अनुमति मागिएको थियो,’ पर्यटन मन्त्रालयका एक सहचिवले भने, ‘उक्त पत्र मन्त्रालयले अध्ययन गरी आवश्यक निर्णय गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफरिस गरिएको छ।’ प्राधिकरणले भने जहाज लैजान भन्दै नेपाल आउने लागेको चालकदललाई अनुमति दिएको जनाएको छ।
जनवरी १ मा जहाज नेपाल अवतरण हुँदा आएका चालकदलका सदस्य भने यस अघिनै किर्गिस्तान फकिएका थिए। रसियाली कम्पनीले निर्माण गरेका २९ वर्ष पुराना ती दुई वटा एमआइ–१७ हेलिकोप्टरले जनवरी २९ सम्म पार्किङको अनुमति पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।