फाइल तस्बिर
काठमाडौं- हेलिकोप्टर उडानमा नयाँ कम्पनी रोयल त्रिलोक थपिने भएको छ। रोयल त्रिलोकले हेलिकोप्टर उडानको लाइसेन्स पाएको छ।
त्रिलोकले हेलिकोप्टर कम्पनीको इजाजत लाइसेन्स पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका एक सह–सचिवले जनाकारी दिए।
त्रिलोकले इजाजत पाएसँगै एओसीका लागि नेपाल नागरिक उड्डनय प्राधिकरणमा आवेदन दिने तयारी गरेको छ। त्रिलोकले सानो प्रकृतिको हेलिकोप्टर उडानका लागि मन्त्रालयबाट लाइसेन्स पाएको हो।
अब त्रिलोकले एओसी पाएसँगै हेलिकोप्टर ल्याएर उडान गर्नेछ। उडान सुरु गरेको २ वर्षभित्र भने कम्पनीसँग २ वटा हेलिकोप्टर हुनपर्छ। नेपालमा योसँगै एक दर्जनभन्दा बढी हेलिकोप्टर कम्पनी हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।