काठमाडौं–निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट चीनको ल्हासामा परीक्षण उडान गरेको छ।
एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। विमान ल्हासाको गोंगर विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०.४६ बजे अवतरण गरेको थियो। विमान आजै काठमाडौं फर्कदैछ।
परीक्षण उडानसँगै सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरू गर्ने व्यावसायिक योजनासमेत कम्पनीले अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।