काठमाडौं–र्यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) ले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘माकुरी’ बोलको गीत र र्यापको मिश्रण युट्युबमार्फत् सार्वजनिक गरेका हुन्।
गीतमा समीर आचार्य र रोशनी थापाले स्वर भरेका छन्। गीतको शब्द नवराज कलाउनीको रहेको छ भने संगीत मिस्टर आरजेले नै तयार पारेका छन्।
गीतको भिडियोमा हरिश निरौला कक्रोज, जिवेश गुरुङ र एलिस राइको साथमा उषा उप्रेती र जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका छन्। विधान कार्कीले भिडियोको निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।