काठमाडौं- कोभिडका कारण गत वर्ष चैतदेखि उडान बन्द रहेको बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सलाई काठमाडौंमा उडान गर्न अनुमति पाएको छ।
विमान बंगलादेश एयरलाइन्सले जनवरी १ देखि नै उडान अनुमति पाएपनि केही दिन ढिला गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो। मन्त्रालयले सहमतिका आधारमा प्राधिकरणले पनि उडान अनुमित दिइसकेको छ।
अबको केही दिनपछि विमान बंगलादेश एयरलाइन्सले ढाका–काठमाडौं–ढाका उडान उडान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।