काठमाडौं- नेपालका १० जना पर्वतारोहीले पाकिस्तानमा अवस्थित विश्वकाे दाेस्राे सर्वाेच्च शिखर केटु हिमालको आरोहण गरी इतिहास रचेका छन्। उनीहरूले पहिले पटक हिउँदमा आराेहण गरी किर्तिमान कायम गरेकाे दाबी गरिएकाे छ।
अहिलेसम्म आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्र हिउँदमा आरोहण हुन सकेको थिएन।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका हुन्।
उनीहरूले सफल आराेहण गरेकाे पुष्टि भने सेभेन समिटले गरेकाे छ। जसमा मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका थिए। आधार शिविरबाट सुरुमा तीनवटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।