काठमाडौं– गायक विनोद बाजुराली र रेखा जोशीको नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक भएको छ। सुदूरपश्चिममा चर्चित छलिया शैलीमा आधारित गीतको संगीत र शब्द पनि बाजुरालीकै रहेका छन्।
देउडामा चर्चित बाजुरालीले ठट्यौलो सवाल–जवाफयुक्त गीत आफ्नो जन्मदिन पारेर माघ १ गते सार्वजनिक गरेका हुन्। सुदूरपश्चिमकै स्थानीय बाजागाजा, वेषभूषा र लवजलाई पछ्याइएको गीतको म्युजिक भिडियो समेत बनाइएको छ।
भिडियोमा चक्र बम र करिष्मा ढकालले अभिनय गरेका छन्। निर्देशन भीम थापाले गरेका हुन् भने सिनेमाटोग्राफी राजेश घिमिरेको रहेको छ। परम्परागत बाजा सहनाइ बलबहादुर जैरुले बजाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।