काठमाडौं- सांगीतिक फ्रेन्चाइज रियालिटी साे 'द भ्वाइस अफ नेपाल'को सिजन-३ मा महिला काेच परिवर्तन भएको छ। याे सिजनमा गायिका तृष्णाले काेच महिला काेटा पूरा गर्ने भएकी छन्।
यसअघिका सिजनमा अभया सुब्बा र आस्था राउतले याे कुर्सी सम्हालेका थिए।
गायिका राउतकाे व्यस्तता बढेकाले द भ्वाइस अफ नेपाललाई समय दिन नभ्याएको भन्दै उनको ठाउँमा तृष्णालाई राखिएको निर्माण टाेलीले बताएको छ।
सुरुवाती सिजनदेखिका काेच प्रमाेद खरेल र दीप श्रेष्ठ याे सिजनमा पनि कायम छन्। त्यस्तै अघिल्लाे सिजनदेखि द भ्वाइसको सदस्य बनेका राजु लामाले पनि आफ्नाे सिट सुरक्षित राखेका छन्।
छिट्टै भ्वाइस अफ नेपाल किड्स पनि सुरु हुने आयाेजकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।