काठमाडौं- नेपाल र ओमानबीच श्रम सम्झौताका विषयमा छलफल भएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा ओमानका पराराष्ट्र सचिव शेक खलिफा अल हार्थीबीच मंगलबार भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको हो।
भेटमा नेपाल–ओमानबीच हुने श्रम सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धि सम्झौता तथा ओमानले १ सय वटा देशलाई प्रदान गर्न लागेको 'फ्री-भिसा फ्री-टिकट', भिसालगायतका विषयमा छलफल भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।
त्यस्तै राजदूत ढकालले ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको ह्युमन ट्राफिकिङ ईश्यु विषयमा भएको अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाएको दूतावासले जनाएको छ।
भेटमा राजदूत ढकालले बेचबिखनमा परेकाहरुका लागि साझा आश्रयस्थलको व्यवस्था गर्नुपर्ने कुरा उठाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।