काठमाडौं– कतारमा काम गरेर फर्किएका १४ जना नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर कतारस्थित नेपाली दूतावासले पठाएको छ।
विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर दूतावासले पठाएको हो।
दूतावासको समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ। कन्सुलर विभागले उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिन्छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।