काठमाडौं- ३० जना कलाकारले अभिनय गरेको म्युजिक भिडियो 'त्यही सच्चा नेपाली' सार्वजनिक भएको छ। पृथ्वी जयन्तीको अवसर पारेर युट्युबमा सार्वजनिक भएको गीतमा संस्कृतिविद् सत्यमोहन जोशीलाई पनि देख्न सकिन्छ।
त्यस्तै कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, राजाराम पौडेल, दीपाश्री निरौला, निर्मल शर्मा, उषा खड्गी, दीलिप रायमाझी, धीरेन शाक्य, रजनी केसीलगायतको अभिनय देख्न सकिन्छ।
अघिल्लो पुस्तामा चर्चा बटुलेका यी कलाकारसँगै अहिलेका प्रशान्त ताम्राकार, नम्रता सापकोटा, निराजन प्रधान, आकाश अधिकारी, अनु शाक्य, देविका वन्दना लगायतको अभिनय पनि देख्न सकिन्छ।
म्युजिक भिडियोमा तीसभन्दा धेरै चर्चित कलाकार भेला भएका छन्। भिडियोको छायांकन रामशरण उप्रेतीको रहेको छ।
म्युजिक भिडियोलाई कुनै समयकी अभिनेत्री रोशनी केसीले निर्देशन गरेकी हुन्।
देविका बन्दना र राजन इसानको स्वरमा रहेको राष्ट्रप्रेमले भरिएको गीतलाई आनन्द अधिकारीले लेखेका हुन्। यसमा संगीत भर्ने काम पनि गायक इसानले नै गरेका हुन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।