• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एचआइडिसिएलमा छवि पोखरेलको तजबिजी : २५ मध्ये २४ कर्मचारी करारमा, अनुहार हेरेर सेवासुविधा

64x64
सविन मिश्र सोमबार, पुस २७, २०७७  १७:१९
1140x725

काठमाडौं- सरकारको ८० प्रतिशत सेयर स्वामित्व रहेको हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि पोखरेलले आफ्नो तजबिजमा कर्मचारी नियुक्तीदेखि उनीहरूको सेवा-शर्त तोक्ने निर्णय गरेको पाइएको छ। अहिले २५ जना कर्मचारी कार्यरत रहेको एचआइडिसिएलमा २४ जना करारका कर्मचारी छन्। त्यसमध्येमा पनि एउटै तहमा कार्यरत रहेका उनीहरूको सुविधा अलगअलग छ। 

कम्पनीको करार निर्देशिकाको आफूखुशी ब्याख्या गर्दै पोखरेलले प्रत्येक कर्मचारीलाई ४ वर्षका लागि नियुक्ति दिएका छन्। त्यसमा पनि कर्मचारीको अनुहार हेरेर सुविधा तोकिएको एचआइडिसिएलका एक कर्मचारीले बताएका छन्। 'हामी यहाँ २५ जना भएकामध्ये २४ जना करारमा छौँ, त्यसमध्ये २४ थरीकै सेवा शर्त तोकिएको छ,' ती कर्मचारीले भने। 

सिइओ पोखरेलले सार्वजनिक प्रशासनमा समान हैसियतमा रहने कर्मचारीले पाउने सेवा सुविधा भन्दा धेरै गुणा हुने गरी आफ्ना मान्छेलाई एचआइडिसिएलमा नियुक्ति दिएको ती कर्मचारीले बताए। उनले त्यहाँ कार्यरत १० र ११ तहका कर्मचारीलाई २५ लाख रूपैयाँ दिएर गाडी किन्न लगाएका छन्। जबकी यही तहका निजामती कर्मचारीले सवारी साधन सुविधा पाउँदैनन्। एउटै प्रक्रियाबाट भर्ना गरिएका एकजनालाई स्थायी नियुक्ति दिइएको छ भने बाँकीलाई करारमा राखिएको स्रोतले जनाएको छ। 

यो पनि पढ्नुहोस्

 

एचआइडिसिएलमा साढे ५ अर्ब गोलमाल, सरकारले गुमायो १ अर्ब १६ करोडआइतबार, पुस १२, २०७७

चार वर्षअघि एचआइडिसिएलमा उनलाई सिइओ बनाउँदा सञ्चालक समितिमा योग्यतामाथि प्रश्न उठेको थियो। उनले त्यतिबेला आफू एक निजी फर्मको व्यवस्थापकको रूपमा काम गरिरहेको भन्दै अन्तिम समयमा अनुभवको विवरण पेस गरेका थिए। तत्कालीन् अर्थमन्त्री कृष्णबहादुर महराको दबाबमा रामकृष्ण खतिवडालाई पछि पार्दै पोखरेले सिइओ बने। महरा शक्तिबाट बाहिरिएपछि उनी तत्कालीन् ऊर्जामन्त्री वर्षमान पुनको निकट भए। मन्त्री पुन र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उनलाई नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन लबिङ थालेका थिए। 

अर्थ मन्त्रालयको प्रश्न- साढे ५ अर्बको ब्याज खै?
कम्पनीले हकप्रद सेयर जारी गर्ने भन्दै सरकारसँग २०७५ असार ३१ गते साढे ५ अर्ब रूपैयाँ लिएको थियो। सरकारबाट आफ्नो खातामा पैसा गएको ६ महिनापछि मात्रै कम्पनीको साधारणसभाले हकप्रद निश्काषनको प्रस्ताव पारित गर्‍यो। कम्पनीले सरकारसँग पैसा लिएको एक वर्षपछि मात्रै सरकारलाई सेयर प्रमाणपत्र दिएको थियो। अर्थ मन्त्रालयले एक वर्ष पैसा बैंकमा राखेको भन्दै त्यसको ब्याज मागेको छ। 

अर्थले पैसा मागेपछि पोखरेलले सिडिएस एन्ड क्लिएरिङ लिमिटेडको ढिलाइका कारण आफूले समयमै सेयर दिन नसकेको दावी गरेका छन्। उनले अर्थ मन्त्रालयलाई दिएको जवाफमा सेयर मिलान भइसकेकाले ब्याज रकम फिर्ता दिनुनपर्ने तर्क आफ्नो जवाफमा लेखेका छन्। तर अर्थका अधिकारीहरू यो रकम कम्पनीले सरकारलाई फिर्ता गर्नैपर्ने बताउँछन्। 'हामीले १ अर्ब २२ करोड रूपैयाँ फिर्ता देऊ भनेका हौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

पोखरेलले लगानीको सामान्य सिद्धान्तविपरीत हुने गरी एउटै साधारणसभाबाट नगद लाभांश वितरण र हकप्रद शेयर निश्काषनको निर्णय गराएका थिए। कम्पनीले कम प्रतिफल दिएको भन्दै कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले हकप्रद नकिन्ने निर्णय गरे। यो विषयमा यसअघि प्रश्न गर्दा उनले 'पत्रकारले चासो लिनु नपर्ने विषय' भनेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

बोर्ड बैठकमा कर्मचारी प्रवेशपछि लफडा
केही समयअघि एचआइडिसिएलको कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावलीको विषयमा सञ्चालक समितिमा छलफल हुने कार्यक्रम थियो। कोभिड-१९ का कारण जुम मिटिङमार्फत आयोजना गरिएको बोर्ड बैठकको अनलाइन आइडी र पासवर्ड सञ्चालक समिति सदस्यलाई दिइएको थियो। तर पोखरेलले करारमा राखेका कर्मचारीलाई पनि बोर्ड बैठकका लागि तय गरिएको जुम आइडी र पासवर्ड बाँडिदिए, जसका कारण सञ्चालक समिति बैठकमा ती कर्मचारी प्रवेश गरी एजेन्डा अघि बढाउन नहुने बताउन थाले। 

बैठकको अध्यक्षता गरिरहेका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले 'यस्तो पनि बैठक हुन्छ' भन्दै सञ्चालक समितिको बैठक स्थगित गरिदिए। बैठकमा प्रस्तुत भएको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको मस्यौदामा लोकसेवाको सहमतिमा मात्रै प्रतिस्पर्धाबाट कर्मचारी राख्न पाउने, कार्यालय सहयोगी र निश्चित क्षेत्रका विज्ञ बाहेक कसैलाई पनि करारमा राख्न नपाइने र नियमित काम गर्ने कर्मचारी करारमा राख्नुपरे पदपूर्ति नहुनञ्जेल मात्रै करारमा राख्नुपर्ने उल्लेख छ। 

यो पनि पढ्नुहोस्

 

एचआइडिसिएल धराशायी : १६ अर्ब लगानी तर शून्य प्रतिफल, जताततै व्यवस्थापनको बदमासीसोमबार, पुस १३, २०७७

त्यो एजेन्डा बोर्ड बैठकबाट स्वीकृत भए आफूहरूको जागिर जाने भन्दै कर्मचारीहरू सञ्चालक समिति बैठकमा प्रवेश गरेका थिए। कर्मचारीले लफडा गरे पनि त्यसको केही दिनपछि बसेको सञ्चालक समिति बैठकले विनियमावली स्वीकृत गर्‍यो। तर यो सहमतिका लागि लोकसेवा पठाउन पोखरेलेल मानेनन्। सञ्चालक समितिका सदस्यहरूको दबाबपछि मात्रै उनले यसलाई लोकसेवा पठाएका छन्। लोकसेवाबाट अन्तिम सहमति आउन बाँकी छ। 

अनुकूलताका लागि रेमिट हाइड्रोको सञ्चालक समिति नै हेरफेर
एचआइडिसिएलले विदेशमा रोजगारीमा रहेको नेपालीले पठाएको पैसाबाट जलविद्युत आयोजना निर्माण गर्न रेमिट हाइड्रो लिमिटेड स्थापना गरिएको छ। कम्पनीको सञ्चालक समितिको संरचना पनि पोखरेलकै जोडबलमा परिवर्तन भएको छ। 

सुरुमा अर्थ मन्त्रालयका प्रतिनिधि पनि सञ्चालक समितिमा बस्ने गरी संचना बनाइएको भए पनि उनले त्यसलाई परिवर्तन गरी आफ्ना विश्वासपात्र अरुण रजौरियालाई सञ्चालक बनाएका छन्। रजौरिया र पोखरेल मिलेर जलविद्युत आयोजनामा स्वपुँजी तथा ऋण लगानीको सम्झौता गर्ने गरेका छन्। उनीहरूमाथि लगानीकर्ताबाट अनुचित लाभ लिएर मात्रै काम गर्ने गरेको आरोप लाग्ने गरेको छ। 

रेमिट हाइड्रोको अध्यक्ष बनाइएका पराक्रम शर्मा एचआइडिसिएलकै सञ्चालक हुन्। उनलाई एचआइडिसिएलमा पोखरेलको विश्वासपात्रका रूपमा लिइन्छ। उनले पोखरेलका प्रत्येक प्रस्ताव सञ्चालक समितिबाट स्वीकृत गराउन सहयोग गर्ने गरेका छन्। कम्पनीले ताप्लेजुङमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बेवा खोला जलविद्युत आयोजनाको निर्माण गर्ने बताइए पनि अहिलेसम्म कुनै काम भएको छैन।  

२१ नम्बर घट्यो कार्यसम्पादन मूल्यांकन
एचआइडिसिएलका सिइओ पोखरेलले गत आर्थिक वर्षमा आफ्नो कार्यसम्पादन मूल्यांकन गरी ९२ अंक आएको नतिजा सञ्चालक समितिमा पेश गरेका थिए। उनले गत आर्थिक वर्षमा कोभिड-१९ का कारण आफूले पर्याप्त काम अघि बढाउन नसकेको आफ्नो नतिजामा उल्लेख गरेका छन्। 

तर सञ्चालक समितिले कार्यसम्पादन मूल्यांकनको नतिजा परीक्षण गर्न उपसमिति बनाएको थियो। यो समितिले पोखरेल आफैँलाई दिएको अंक घटाइदिएको छ। उपसमितिले कार्यसम्पादन नतिजा ७१ अंक कायम गरिदिएको स्रोतले दावी गरेको छ। कार्यसम्पादन मूल्यांकन घटाइएको विवरण सञ्चालक समितिमा प्रस्तुत भइसकेको छ। 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। बुधबार, भदौ १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोसी उर्लिएपछि गृह मन्त्रालयको आपत्कालीन सूचना : ५ जिल्ला ‘हाई अलर्ट’मा बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपछि सेनाको उद्धार अभियान तीव्र बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपछि बालेनको निर्देशन : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नू बुधबार, भदौ १०, २०८३
रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरेमा बाढीको वितण्डा : प्रत्यक्षदर्शी भन्छन्– सरकारी भवन, होटल, मालवाहक गाडी केही छैन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्