• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एचआइडिसिएलमा साढे ५ अर्ब गोलमाल, सरकारले गुमायो १ अर्ब १६ करोड

64x64
सविन मिश्र आइतबार, पुस १२, २०७७  १५:३०
1140x725

काठमाडौं- सरकारले जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्न सरकारले स्थापना गरेको हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)मा साढे ५ अर्ब रूपैयाँको हिसाब गोलमाल भएको पाइएको छ। 

सरकारले एचआइडिसिएलको पुँजी वृद्धि योजनाविना आर्थिक वर्ष २०७४/७५ र २०७५/७६मा गरी कम्पनीमा ५ अर्ब ५० करोड सेयरमा लगानी गर्ने निर्णय गरी रकम निकासा दिएको थियो। सेयरमा लगानी गर्न सरकारले दिएको यो रकम कम्पनीले सेयर पुँजीमा नदेखाई ‘एडभान्स अन सेयर’मा उल्लेख गरी बैंकमा राखी ब्याज कमाएको थियो। 

सरकारको लगानी सेयर पुँजीमा नदेखाएका कारण कम्पनीले आर्थिक वर्षहरू २०७४/७५ र २०७५/७६ को मुनाफाबाट वितरण गरिएको लाभांश सरकारले पाउन सकेको छैन। कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७४/०७५मा चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५/०७६मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७४/०७५ मा ५० करोड रूपैयाँ बराबरको बोनस सेयर र २०७५/०७६ को १२ प्रतिशत नगद लाभांश ६६ करोड गरी एक अर्ब १६ करोड रुपैयाँ पाउन नसकेको हो। कम्पनीको ११ अर्ब चुक्ता पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब २० करोड रूपैयाँ सर्वसाधारणको छ।

सरकारले दिएको रकम सेयरमा लगानी नगरी बैंकमा राखेर ब्याज आर्जन गरेको फेला परेपछि महालेखा परीक्षकको कार्यालयले यसमाथि छानबिन गर्न निर्देशन दिएको छ। ‘नेपाल सरकारले सेयर लगानी गरे पनि सम्बन्धित संस्थाले पुँजी वृद्धि एवं सेयर लगानी नदेखाएका कारण नेपाल सरकारलाई १ अर्ब १६ करोड प्राप्त हुन नसकेको उपर छानबिन गरी उक्त लगानी रकमको बोनस सेय तथा नगद लाभांश प्राप्त गर्नुपर्दछ। अन्यथा ५ अर्ब ५० करोड रूपैयाँको ब्याजसहित फिर्ता लिनुपर्ने देखिन्छ,' कार्यालयको निर्देशनमा उल्लेख छ। 

महालेखा परीक्षकले दिएको निर्देशन न ऊर्जा, जलस्रोत तथा अर्थ मन्त्रालयल र कम्पनीमा लगानी गरेका निकायले कार्यान्वयन गरेका छन्, न कम्पनी व्यवस्थापनले नै। कम्पनीको अध्यक्ष ऊर्जा सचिव दिनेशकुमार घिमिरे हुन् भने संचालकमा अर्थ, कानुन, ऊर्जा, महालेखा नियन्त्रकको कार्यालयबाट सहसचिव छन्। 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छविराज पोखरेल छन्। ‘सिइओले सरकारले दिएको रकम बैंकमा ब्याजमा राखी आम्दानी बढाएको देखेर प्रोत्साहन भक्तासमेत खाएका छन्,’ कम्पनी सम्बद्ध एक अधिकारीले भने, ‘महालेखा परीक्षकले यस्तो गम्भीर निर्देशन दिँदासमेत त्यसको कार्यान्वयन गर्न सञ्चालक समितिले पनि चासो दिएको छैन, सिइओ साबले राजनीतिक पहुँचको भरपुर प्रयोग गर्नु भएको छ।’ उनले अहिले कम्पनी अस्तव्यस्त रहेको बताए। 

विदेशमा रोजगारीमा रहेको नेपालीले पठाएको पैसाबाट जलविद्युत आयोजना निर्माण गर्न रेमिट हाइड्रो लिमिटेड स्थापना गरिएको छ। कम्पनीले ताप्लेजुङमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बेवा खोला जलविद्युत आयोजनाको निर्माण गर्ने बताइए पनि अहिलेसम्म कुनै काम भएको छैन।  

Ncell 2
Ncell 2
nimb
nimb

पोखरेलको निर्वतमान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग निकट सम्बन्ध थियो। विगतमा गरिबी निवारण कोषमासमेत काम गरेका थिए। त्यहाँ भएका अनियमितामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलसमेत छानबिन गरिरहेको छ। 

एजेन्टसँग साँठगाँठ 
सिइओ पोखरेल जलविद्युत क्षेत्रमा काम गर्ने एक स्थानीय एजेण्टसँगको मिलेमतोमा ९१२ मेगावाटका दुई आयोजनासँग सझदारी (एमओयू) गरेको पाइएको छ। कम्पनीले ताप्लेजुङमा पर्ने ७५६ मेगावाटकै तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी जलाशयययुक्त आयोजना साझेदारीमा निर्माण गर्न पावर कन्ट्रक्सन कर्पोरेसन अफ चाइनासँग (पावर चाइना)सँग एमओयू गरेको छ। 

चिनियाँ राष्ट्रपति सी जिङफिङको गत वर्ष भएको नेपाल भ्रमणको मौका छोपी आयोजनाहरूको एमओयू गरिएको थियो। यद्यपी भ्रमणमा एमओयू गर्ने कुनै औपचारिक कार्यक्रममा थिएन। पावर चाइनाको स्थानीय एजेन्ट मेटा सर्भिसेस हो। यसका संचालक प्रवीण श्रेष्ठ हुन्। 

निर्वतमान ऊर्जापन्त्री वर्षमान पुनलाई नै खुसी पार्न उनको गृहजिल्ला रोल्पामा पर्ने माडी आयोजनाको लाइसेन्स पोखरेलको पहलमा एजआइडिसिएलले लिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्। आयोजनाहरुको काम अहिले केही अगाडि बढेको छैन।

Xtrem

Xtrem

तपाईंहरूले धेरै चासो लिनु पर्दैन : सिइओ पोखरेल
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यसबारेमा छलफल भइसकेको र महालेखालाई जवाफ लेखिएको बताए। 'हामीले लगानी योजना बोर्डबाट स्वीकृत गराइसकेका छौँ,' उनले भने, 'आवश्यक काम भइरहेका छन्, तपाईंहरूले धेरै चासो लिनु पर्दैन।' 

पोखरेलले लगानी योजना स्वीकृत भइसकेको बताए पनि महालेखाले प्रश्न उठाएपछि मात्रै त्यसलाई अघि बढाएको पाइएको छ। गत असारमा प्रकाशन भएको महालेखाको प्रतिवेदनमा ब्याजसहित रकम फिर्ता गर्नुपर्ने विषय उठाएको भए पनि पोखरेलले भने सञ्चालक समितिले त्यसलाई स्वीकृत गरिसकेको बताएका हुन्। महालेखाले ब्याजसहित रकम फिर्ता गर्नुपर्छ भनेको छ नि भन्ने प्रश्नमा पोखरेलले 'अनावश्यक चासो नदिन' भनेका हुन्। 

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको... सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले जलविद्युत् आयोजनासँगै प्रसारण तथा वितरण संरचनामा समेत क्ष... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्