कलंकी अन्डरपास निर्माणका बेला काम गर्दै विदेशी श्रमिकहरू। काठमाडौं- विदेशी श्रमिकले नेपालमा श्रम स्वीकृति प्राप्त गर्नका लागि भौतिक रुपमै उपस्थित भएर अन्तर्वार्ता दिनुपर्ने भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ पछि विदेशी श्रमिकको भौतिक उपस्थितिमा नै अन्तर्वार्ता संचालन गरिने जानकारी गराएको हो।
कोरोना संक्रमणको समयअघि पनि भौतिक रुपमै हुँदै आएको अन्तर्वार्ता कोरोना महामारीको असहज परिस्थितिका कारण हुन सकेको थिएन। कोरोनाकालमा विदेशी श्रमिक ल्याउने कम्पनीका प्रतिनिधिसँग टेलिफोन कुराकानीबाट पूर्ण विवरण प्राप्त गरी विभागले श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।
अब पुनः भौतिक रूपमै उपस्थित भएर अन्तर्वार्ता दिनुपर्ने भएको हो। माग १ गतेदेखि अन्तर्वार्ताका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उपस्थित हुनुपर्ने विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।