जकार्ता–इण्डोनेशियामा भएको श्रीविजया एयरलाइन्सको जेट विमान दुर्घटनास्थल फेला परेको दाबी उद्धारकर्मीहरुले गरेका छन्। अधिकारीहरुले आइतबार सबेरैदेखि खोज जारी राख्ने जनाएका छन्।
राजधानी जकार्ताबाट उडेको केही समयमै उक्त विमानसँग सम्पर्कविच्छेद भएको थियो। पश्चिमी कालिमान्टान प्रान्तको पोन्टियानक जाँदै गरेको विमानमा ६२ यात्रु थिए। प्रत्यक्षदर्शीहरुले विमान उडेको केहीबेरमै ठूलो बिस्फोटको आवाज आएको बताएका छन्। विमान हराएको समुद्रनजिकको टापुका बासिन्दाहरुले विमानको अवशेष भएको आशंका गरिएका टुक्राहरु फेला परेको बताएका छन्।
विमानको खोजीका लागि १० भन्दा बढी पानीजहाज खटाइएको छ भने समुद्रमा फेला परेका विमानका अवशेष भएको आशंका गरिएका वस्तुहरुको अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।