लण्डन–बेलायतकी महारानी एलिजावेथ द्वितिया र उनका पति राजकुमार फिलिपले कोभिड खोपको पहिलो डोज लिएका छन्। उनीहरु बस्दै आएको विन्डसोर क्यासलमै खोप लिएको बकिङघम दरबारले जनाएको छ।
बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि नै वितरण सुरु गरिए पनि ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमार फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन्। खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन्।
कोभिड खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानीले खोप लगाएको सूचना सार्वजनिक गरिएको दरबारले जनाएको छ।
बेलायतमा हालसम्म फाइजर तथा बायोएनटेक र अक्सफोर्ड तथा एस्ट्राजेनेकाको खोप १५ लाखभन्दा बढीले पहिलो डोज लिइसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।