पैंगोग ताल क्षेत्र। यो क्षेत्रबाट भारतले चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको हो। तस्बिर : एएनआई
काठमाडौं- भारतीय सुरक्षा बलले पूर्वी लद्दाखमा एक चीनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। ८ जनवरी बिहान लद्दाखस्थित पैंगोग ताल क्षेत्रबाट भारतीय सुरक्षा बलले चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको हो।
पिपल्स लिबरेसन आर्मीका एक सैनिकलाई वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) भन्दा भित्र भारतीय क्षेत्रमा पक्राउ गरिएको दाबी भारतीय सैन्य अधिकारीले गरेको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।
पक्राउ गरिएको चीनियाँ सैनिकलाई भारतीय सेनाले हिरासतमा लिएको छ। पूर्वी लद्दाखमा पछिल्लो आठ महिनादेखि भारत र चीनबीचमा सीमा विवाद हुँदै आएको छ।
भारत र चीनले यही विवादकै कारण उक्त सिमाको वास्तविक नियन्त्रण रेखामा सैनिक तैनाथ गरेका थिए। समाचार एजेन्सी पिटिआईले सेनाको स्रोतलाई उल्लेख गर्दै चीनियाँ सेनाका एक व्यक्ति पक्राउ परेको उल्लेख गरेको छ।
ती सैनिकलाई निर्धारित प्रक्रियाअनुसार जाँच भइरहेको उसले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।