न्युयोर्क–ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमा स्थायी रुपमै प्रतिबन्ध लगाएको छ।
हालै गरिएको उनको ट्वीट्सको समीक्षा र घटनालाई मध्यनजर राख्दै हिंसा भड्काउने जोखिम भएका कारण ट्रम्पको अकाउन्टमा स्थायी रुपमै प्रतिबन्ध लगाइएको ट्वीटरले जनाएको छ।
यसअघि ट्वीटरले ६ जनवरीमा ट्रम्पको अकाउन्टमा १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो। त्यसपछि खुला भएको अकाउन्टमार्फत् ट्रम्पले भिडियो सम्बोधन राख्दै सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।