वासिंटन- अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नयाँ निर्वाचित राष्ट्रपति जाेन बाइडनकाे सपथ समाराेहमा सहभागी नहुने घाेषणा गरेका छन्।
२० जनवरीमा हुने सपथ ग्रहण समाराेहमा आफू उपस्थित नहुने उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
हालैमात्र ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका थिए। उक्त घटनापछि ट्रम्पलाई सत्ताबाट हटाउन माग उठेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।