काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा जिम्मेवारी प्रतावबाबु तिवारीलाई दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पुसको पहिलो सातादेखि रिक्त रहेको महाप्रबन्धक पदमा तिवारीलाई पठाएको हो।
यसअघि तिवारी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक तयारीको लागि नेतृत्व रहेर काम गरिरहेका थिए।
तिवारीले विमानस्थल कार्यालयमा प्रवक्ताका रूपमा पनि काम गरिसकेका छन्। १२औं तहका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नियुक्त गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।