वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्चाएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।
ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक बसिरहेका बेला यो हिंसा भएको हो। संसदमा बहस चलिरहेका बेला अचानक ट्रम्पसमर्थक भवनभित्र प्रवेश गरेका थिए। सोहीकारण बहस रोकिएको थियो।
ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि नेशनल गार्डलाई परिचालित गरिएको थियो। प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ।

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।