वाशिङटन–राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको हिंसात्मक प्रदर्शनपछि रोकिएको अमेरिकी संसदको संयुक्त बैठक पुनः सुरु भएको छ।
बैठकमा उपराष्ट्रपति माइक पेन्सले सम्बोधन गर्दै हिंसा समाप्त भइसकेको र संसद सुरक्षित भएकाले काम जारी राख्न आग्रह गरेका छन्। उनले संसदमा विनाशकारी गतिविधि गर्नेहरुले कहिल्यै नजित्ने पनि उल्लेख गरे।
संसदको संयुक्त बैठकले इलेक्टोरल मत गणना गरेर जो बाइडेनको जितलाई औपचारिक रुपमा घोषणा गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।