वाशिङटन–सुरक्षाघेरा तोड्दै संसद भवनभित्र छिरेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु सिनेटको मुख्य कुर्सीमा समेत गएर बसेको तस्बिर सार्वजनिक भएको छ।
प्रदर्शनकारीमध्येका एक जना सिनेटको कुर्सीमा गएर बसेका हुन्। ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो।
प्रदर्शनकारीहरु प्रवेश गरेपछि चलिरहेको संसद बैठक स्थगित गरेर सिनेट र हाउसका सांसदहरुलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।
प्रदर्शनकारीहरु प्रवेश गरेको केही समयपछि उनीहरुलाई बाहिर निकालिएको थियो भने स्थिति नियन्त्रणमा लिन नेशनल गार्ड परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।