• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१८ वर्षसम्म राज्यसँग संघर्ष गरेर जिउँदो ठहर भएका लालबिहारी भन्छन्-फिल्मले फेरि मृतक बनायो 

64x64
नेपाल लाइभ बुधबार, पुस २२, २०७७  १३:१४
1140x725
लालबिहारी (बीचमा कागज लिएका)

एजेन्सी-कुनै एक व्यक्ति सरकारी दस्तावेजमा १८ वर्ष मृतक हुन्छ। उक्त सरकारी दस्तावेजबाट उम्कन उसले गरेको संघर्षपछि जीवित ठहर हुन्छ। सोही व्यक्तिमाथि बनेको एक फिल्म अहिले विवादमा परेको छ। सरकारी दस्तावेजमा १८ वर्षसम्म मृतक रहेका  भारतीय नागरिक लालबिहारीकाे जीवनमा आधारित फिल्म ‘कागज’ रिलिज हुनु अघि नै विवादमा आएको हाे। लाल बिहारीले निर्देशक सतीश कौशिकले फिल्म बनाउने नाममा धोखा दिएकाे बताएका छन्। उनको जीवन संर्घषको सबै अधिकार (प्रोप्राइटरी राइट्स) आफ्नो नाममा पारेको आरोप उनले लगाएका छन्। 

यतिमात्र होइन उनले आफ्नो वास्तविक जीवनको कथासमेत तोडमोड गरेको आरोप लगाएका छन्। उनले फिल्ममा आफूलाई बैंडवाला देखाएको तर आफू बुनकर (कपडा बुन्ने कालीगढ) भएको बताए। उनी यो फिल्मको प्रदर्शनी रोक्न अदालतसम्म पुग्ने तयारीमा छन्। निर्देशक सतीश कौशिकले लालबिहारीकाे जीवनमा आधारित फिल्म यही जनवरी ७ मा रिलिज गर्ने तयारी गरेका छन्।

पर्दामा लालबिहारीकाे भूमिकामा चर्चित अभिनेता पंकज त्रिपाठी  रहेका छन् । यो फिल्मलाई लिएर बलिउडमा धेरै समयदेखि चर्चा हुने गरेको थियो। यो फिल्म सलमान खानको कम्पनीले निर्माण गरेको हो । यो ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुँदै थियो । रिलिज हुनुभन्दा एक हप्ता पहिला यो चलचित्रबारे विवाद सुरु भएकाे हाे।

लालबिहारीले एक जनवरीमा आजमगढको मसानघाटमा पत्रकार सम्मेलन गरेर सतीश कौशिकले आफूसँग विश्वासघात र धोका दिएको बताएका थिए । लालबिहारी भन्छन्-'कौशिकले मलाई न त पुरै फिल्म देखाए, न त स्क्रिप्ट नै । फिल्ममा मेराे चरित्र तोडमराेड गरिएकाे छ।' यतिमात्र होइन १०० रुपैयाँको स्टाम्प पेपरमा आफ्नो हस्ताक्षर लिएर काैशिकले सम्झौता गरेको र आफ्नाे जिन्दगीको संर्घषमा फिल्म ,डकुमेन्ट्री र किताब लेख्नेसहितका सबै प्रकारको काम गर्ने अधिकार लिएकाे उनको आरोप छ । अहिले आफूले यस बारेमा जवाफ माग्दा उल्टै  ब्ल्याकमेल गरेको आराेप लगाएकाे लालबिहारीले बताए । काैशिकले उल्टै आफूलाई मानहानीको मुद्दा हाल्ने धम्की दिएको उनले बताए । 

लालबिहारीले सतीश कौशिकलाई यस बारेमा एक कानुनी नोटिस पठाएका थिए। जसको जवाफमा कौशिकका तर्फबाट उनका कानुन व्यवसायीले जवाफ दिएका छन् । लालबिहारी अब फिल्म प्रदर्शन रोक्न अदालत जाने भएका छन् । 

को हुन् लालबिहारी ?

कागज़ फिल्म का पोस्टर. (फोटो साभार: फेसबुक/पंकज त्रिपाठी)
६५ वर्षीय लालबिहारी आजमगढको निजामाबाद तहसीलको खलीलालबाद गाउँमा बसोबास गर्छन्।  सानैमा पिताको मृत्यु भयो । उनले जिन्दगी चलाउन बाल श्रमिक बन्न वाध्य हुनुपर्‍याे। उनी बनारसी साडीमा बुट्टा भर्ने काम गर्न थाले। २१–२२ वर्षकाे भएपछि उनले आफैं केही गर्ने सोच बनाए। बैंकसँग ऋण लिन गए। उनी एउटा कारखाना खोल्ने सोचमा थिए। उनको पिताको नाममा एक एकड जमिन उनीसँग पुर्ख्याैली सम्पति थियो। बैैंकले उनको पिताको जमिन जमानी राख्न माग्यो । 

जब उनी जमिनको कागज निकाल्न गए उनी आफैं अचम्ममा पर्ने तथ्य फेला परे। नायब तहसीलदार आजमगढको अदालतद्वारा मुद्दा नम्वर २९८मा ३१ जुलाई १९७६ मा उनलाई मृत घोषित गरिएको र उनको जमिन उनको बराबरी हक लाग्ने व्यक्तिको नाम हुने फैसला भएकाे थियो । 

Ncell 2
Ncell 2
nimb
nimb

जिउँदै मृतक ठहर भएको फैसलापछि उनी रन्थनिए। उनलाई अब आफू जिउँदै भएको पुष्टि गर्नुपर्ने नयाँ चुनौती थपियाे। अनि सरकारी कार्यालयहरुमा चक्कर काट्न सुरु गरे।  उनी एकपछि अर्को सरकारी कर्मचारीसँग सहयोग माग्न धाउन थाले । तर उनले कतैबाट सहयोग पाउन सकेनन् । अदालतले गरेको फैसला उल्टाउने काम कसैले गर्न नसक्ने जवाफ पाउँदा उनी निराश भए । सरकारी कार्यालय र कर्मचारीसँगकाे भेटबाट उनी निराश भए। अनि आन्दोलन सुरु गरे। उनले धर्ना–प्रदर्शन, अनसनको सहारा लिए। आफ्नो नाम परिर्वतन गरेर 'मृतक' उपनाम  राखे । उनले आफ्नो मुद्दा जनतासम्म पुर्‍याउन  निर्वाचनको मैदानमा पनि उभिए। 

आफूलाई जिउँदो सावित गर्न उनले यो संर्घषका दौरान आफूजस्तै जिउँदै अवस्थामा मृतक घोषित भएका र आफ्नो जमिन हडपिएकाहरु भेट्टाए । उनले यस्ता व्यक्तिहरुको सहयोगमा एउटा संस्था जन्माए । मृतक संघ नामको संगठन बनाएर उनले संर्घषलाई अघि बढाए। १८ वर्षको अनवरत संर्घषपछि ३० जुन १९९४ मा उनलाई सरकारी अभिलेखमा जीवितै रहेको घोषणा गरियो ।

यसपछि लालबिहारीको संर्घषको कथा विश्वभर  चर्चामा आयो । सञ्चार माध्यमले उनको समाचार हेडलाइनमा छापे र प्रसारण गरे ।  उनीमाथि लेखिएको एक लेखलाई पछ्याउदै चर्चित निर्देशक सतीश कौशिकले उनको संर्घषमा आधारित भएर फिल्म बनाउने सोच बनाए । उनी आजमगढ पुगे र लालबिहारीलाई भेटे। लाल बिहारीले द वायरलाई भनेका छन्- २००३मा सतीश कौशिकले उनीसँग पहिलो पटक भेटेका थिए । उनलाई आजमगढ जिल्लामै बस्ने फिल्म लेखक इम्तियाज हुसैन लिएर आएका थिए । 

लालबिहारीका अनुसार कौशिकले उनको जिन्दगीवाट प्रभावित भएको र यसमा आधारित फिल्म बनाउन चाहेको बताए । सतीश कयौ पटक उनको घरमा पुगेका छन् र उनको संर्घषका बारेमा कुराकानी गरेका छन् । यसपछि उनले यसमाथि फिल्म बनाउने बारेमा बुझाए। कौशिकसँग आत्मिक सम्वन्धसमेत भएको उनको भनाइ छ। लालबिहारी काैशिकलाई भेट्न दिल्ली र मुम्वईसम्म पुगे । सतीश कौशिक जव लखनउ र सीतापुर आए, उनलाई बोलाए । दुई पटक कौशिक उनको घरमा पुगेका छन् । 

Xtrem

Xtrem

लालबिहारीका अनुसार २००३ मा कौशिकले उनीसँग फिल्म बनाउने सहमति लिए र २०१८ मा सम्झौता गरे । यसरी गरिएको सम्झौताको कागज अंग्रेजीमा थियो । लालबिहारी अनपढ व्यक्ति थिए । उनी कठिन रुपमा सामान्य हस्ताक्षरसम्म गर्न सक्छन् । उनले कागजमा हस्ताक्षर गरे । ‘मेरो छोरोलाई समेत फिल्म निर्माणको क्रममा सहयोग  लिइयो । त्यस अवधिमा कैयौं मानिस मेरो जीवनीमा आधारित किताव र डकुमेन्ट्री बनाउने भन्दै भेट गरे ’ लालबिहारीले भने।

यो अवधिमा सतीशले सबैकाे प्रस्ताव अस्वीकार गर्न भनेका थिए । सोही अनुसार उनले अस्वीकार पनि गर्दै गए । फिल्म आउनुअघि किताब वा डकुमेन्ट्री आएमा आफूलाई नोक्सान हुने कौशिकले बताएका थिए। सतीशले यो फिल्मलाई सन्तान झै पालनपोषण गरेको दावी गर्ने गरेका थिए । ‘यो कहानी कुनै अरुलाई दिएमा र फिल्म पुरा हुन नसकेमा आफूलाई हर्ट अट्याक हुने र आत्महत्या गर्दिन्छु भन्थे,' लालबिहारीले भने । उनको यस्ता भनाइपछि उनले आफूसँग आएका सवै प्रस्ताव अस्वीकार गर्दै गए। 

‘म फिल्मको प्रतिक्षामा रहेँ । जब फिल्म पुरा भयो तब मैले मेरो संघर्षकाे कथा अरुलाई भन्न मिल्छ भनि सोधेँ, उनी म सँग भड्किए ’ उनले भने ‘ मेरो सबै कपिराइट उनको नाममा रहेको छ । म उनको सहमति विना केही पनि गर्न सक्दिनँ । यो सुनेर अचम्मित भएँ ।’ 

बिहारीले आफूले धेरै सोचविचार गरेर अधिवक्ता कृष्णकन्हैया पालमार्फत् लिगत नोटिस पठाएकाे बताए।   कपिराईट ,स्क्रिप्ट,कथा र सबै सम्झौताको कपि माग गर्ने र फिल्म प्रदर्शन रोक्न आफूले माग गरेको उनले बताए । यसको जवाफमा सतीश कौशिकले आफ्नो अधिवक्तामार्फत् नोटिस दिएर ब्ल्याकमेलरकाे संज्ञा दिदै मुद्दा दायर गर्ने धम्की दिएको उनले बताए । 

‘१८ वर्ष संर्घष गरेर म जिउँदो भएकाे थिएँ, सतीश काैशिकले मलाई फेरि मृतक बनाइदिए ’ लालबिहारीले भने ‘उनले मेरो जीवनको संर्घषलाई कपिराईट अधिकार फर्जि तरिकाले आफ्नो बनाएर मलाई मारेका छन् ।’ उनले फिल्म पुरा भएपछि सतीशको व्यवहार परिर्वतन भएको उनको आरोप छ । 

‘पहिला मलाई भाइ भनेर बोलाउथे अहिले ब्ल्याकमेलर भनेर मुद्दा हाल्ने धम्की दिइरहेका छन् ’ लालबिहारीले भने । उनले फिल्ममा दुई गीत पनि लेखेको दावी गरेका छन्  सतीश कौशिकले सम्झौताका लागि २६ लाख रुपैयाँ दिएका थिए । तर अहिलेको आफ्नाे लडाइँ पैसा लेनदेनसँग नभएको लालबिहारीको दावी छ। विना जानकारी फिल्ममा दिइएको गलत जानकारी तथा कपिराईट अधिकारमाथि आफ्नो प्रश्न भएको उनले बताए। ‘यो मेरो सम्मान, अधिकारको लडाइँकाे हो ’ उनले भने ‘संर्घष मेरो, तर कपिराईट कसरी अरुको हुनसक्छ ?’

(द वायरबाट भावानुवाद)

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्