नयाँदिल्ली–भारतले कोरोनाविरुद्धको खोप ‘कोभाक्सिन’ लाई दिएको स्वीकृतिप्रति आलोचना हुन थालेको छ। तेस्रो चरणको परीक्षण जारी रहेको र प्रभावकारिताबारे यकिन तथ्यांक उपलब्ध भइनसकेको अवस्थामा हतारमा स्वीकृति दिइएको भन्दै आलोचना भएको हो।
‘कोभाक्सिन’ लाई भारतीय कम्पनी भारत बायोटेकले निर्माण गरेको हो। भारतीय नियामक निकाय ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाले गत आइतबार यसलाई स्वीकृति दिएको थियो।
संक्रामक रोग विशेषज्ञ डा. जयप्रकाश मुलयिलले सरकारको यो निर्णय हतारमा भएको बताएका छन्। यस्तै,भारतीय विपक्षी दलहरुले सरकारले खोपमा राजनीतिक गरेको आरोप लगाएका छन्।
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले पनि यस्तो गम्भीर विषयमा राजनीतिकरण गर्नु लाजमर्दो भएको बताएका छन्। उनले यो खोपलाई स्वीकृति दिँदा आवश्यक सबै प्रोटोकलको पालना गरिएको बताए। उनले कोभाक्सिनलाई परीक्षण अवधिमै प्रयोग गरिने पनि बताएका छन्।
भारतले अर्को खोप कोभिशिल्डलाई पनि आपतकालीन प्रयोगको स्वीकृति दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।