दोहा–साउदी अरबले कतारसँगको सीमा खुला गरेको छ। कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरबलगायतका मुलुकले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा सउदी अरबले सीमा खुला गरेको हो।
सन् २०१७ जुनदेखि साउदी अरबसहित, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्क विच्छेद गरेका थिए। कतारले इरानसँग सम्बन्ध राखी आतंकवादलाई बढावा दिएको ती मुलुकको आरोप थियो।
गल्फ कोअपरेशन काउन्सिल (जिसीसी) को बैठकको पूर्वसन्ध्यामा साउदी अरबले यो निर्णय गरेको हो। कतारका विदेशमन्त्रीले साउदी अरबले हवाई र जल सम्पर्क पनि पुनः स्थापित गर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।