काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्रीका अभिव्यक्तिको पछि लागेर साध्य नहुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिरडाँडामा स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने बताए।
बहुमत सदस्य प्रचण्ड–माधव समूहमा भएकाले पार्टीको सम्पत्ति,नाम,चुनाव चिन्ह आफ्नो पक्षको हुने उनले दाबी गरे।
प्रतिनिधि सभा विघटनविरुद्ध एक ठाउँमा उभिनेगरी अन्य शक्तिसँग छलफल भइरहेको उनले बताए। कांग्रेसका लागि संयुक्त आन्दोलनको ढोका खुला रहेको बताउँदै उनले घोषित आन्दोलन आ-आफ्नो तरिकाले हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।