काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लग्ने तयारी गरिएको छ।
उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उपचारका लागि सोमबार दिल्ली लग्ने तयारी गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। सीताको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो।
एक दिनमात्रै अस्पतालमा राखेर सीतालाई डिस्चार्ज गरिएको थियो। उनी लामो समयदेखि पार्किन्सससहित अन्य रोगबाट समेत पीडित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।