काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध सबै स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।
पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय पार्टी केन्द्रीय समितिको बैठकले गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। आइतबार बसेको बैठकले माघ ३ गते नगर/गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गरिने भएको छ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा देशव्यापी विरोध प्रर्दशन गर्ने प्रस्ताव बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका थिए। खड्काको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।