काठमाडौं- प्रचण्ड–नेपाल पक्षको नेकपा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाडामा बसेको छ।
बैठकमा पार्टी एकता र जिम्मेवारी बाडफाडका विषयमा अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
यस्तै बैठकमा संसद विघटन, वैशाखमा तोकिएको निर्वाचन, ओली गुटले लगाएको आरोप र बाँकी रहेको पार्टी एकता र जनवर्गीय संगठनको एकता विषयमा छलफल भएको नेता साहले बताए। सोमबार दिउँसो १२ बजे फेरि स्थायी कमिटी बैठक बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।