फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमा असाधारण देशभक्ति भएको भन्दै सह्राना गरेका छन्। बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ,’ ओलीले भने, ‘गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, शालीन र भद्र महिला, जसमा असाधारण देशभक्ति छ।’ प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अपमान गर्नेहरुलाई लाज हुनुपर्ने बताए।
ओलीले नक्सामा छापिएअनुसारको भूमि फिर्ता ल्याएर भोगचलन गर्ने समेत उल्लेख गरे। उनले आफूलाई कामको जस नदिन समेत आग्रह गरे। ‘जस मलाई नदिनुस्। तर मेरो नेतृत्वमा त भएकै हो नि,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।