काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहको नेकपालाई व्यंग्य गर्दै ‘हामी यहाँ छौं’को सट्टा ‘म यहाँ छु’ लेख्नुपर्ने सुझाव दिएका छन्।
प्रधानमन्त्रीले अघिल्लो कार्यकालमा अविश्वास प्रस्ताव आउने क्रममा दिएको आफ्नो अभिव्यक्तिलाई गलत प्रयोग गरेको बताए। संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सडकमा बसेर प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए।
मण्डलामा बस्ने क्रममा ‘हामी यहाँ छौं’को सट्टामा ‘म यहाँ छु’ लेख्नुपर्ने उनको कटाक्ष थियो। प्रधानमन्त्रीले भने, ‘मरेकोलाई उपियाँले छोडेजस्तै तपाईंहरुलाई पनि सबैले छोड्नेछन्। तपाईंहरू एक्लै हुनुहुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।