काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन आग्रह गरेका छन्।
पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आइतबार राजधानीमा कामचलाउ प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ। आउनु भएन भने पनि यो अभियान अघि बढ्छ‚’ ओलीले भने‚ ‘पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ।’ अब सुखी नेपाली र समृद्ध नेपालको यात्रा नरोकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।