काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमै चुनाव हुने बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै उनले चुनाव नहोला कि भनेर भनेर भ्रममा नपर्ने आग्रह गरे।
'कतिपय व्यक्ति र शक्तिहरुले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजिरहेका छन्। साथीहरुलाई आग्रह गर्न चाहन्छु- भ्रममा नपर्नुस्। वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन। चुनाव तोकिएकै समयमा हुन्छ', उनले भने।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोकिएको थियो।
उनले प्रतिनिधि पुनःस्थापित नहुने दाबी गरे। 'संविधान र कानुनले पुनः स्थापित गर्न मिल्दैन। त्यसैले विघटित संसद् बौरिदैन। चुनाव हुन्छ हुन्छ। देशलाई अलमलमा बस्न दिँइदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।