न्युयोर्क–अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन्। ८७ वर्षीय किङलाई लस एन्जलसको सेडार्स सिनाइ मेडिकल सेन्टरमा भर्ना गरिएको उनका परिवारले जनाएका छन्।
हाल टाइप टु डाइबेटिजबाट पीडित किङ केही वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रदै आएको बताइएको छ।
कैयौंपटक हृदयाघात भएपछि उनको विभिन्न समयमा बाइपास सर्जरी गरिएको थियो भने २०१७ मा उनको फोक्सोको क्यान्सरको अपरेशन भएको थियो। फोक्सोको क्यान्सर भएपछि उनले ल्यारी किङ कार्डियाक फाउन्डेसन स्थापा गरेका थिए। यसले स्वास्थ्य बिमा नभएका मानिसलाई सहयोग गर्ने उद्धेश्य राखेको छ।
ल्यारी किङले सिएनएनमा २५वर्षसम्म अन्तर्वार्ता कार्यक्रम ‘ल्यारी किङ लाइभ’ चलाएका थिए। जसको ६ हजार इपिसोड पूरा भएपछि सन् २०१० मा अवकास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।