एजेन्सी–अफ्रिकी मुलुक नाइजरमा एक इस्लामिक लडाकू समूहले ५६ जनाको हत्या गरेका छन्। समूहले मालीसँग सीमा जोडिएको टिल्लाबेरी क्षेत्रको चोमोबांगोउ नामक गाउँमा आक्रमण गरेर स्थानीय गाउँलेको हत्या गरेको हो।
उक्त क्षेत्रमा सन् २०१७ देखि संकटकाल जारी छ। उक्त क्षेत्रमा छिमेकी मुलुक मालीबाट आउने लडाकू समूहले आक्रमण गर्दै आएका छन्।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार आक्रमणमा मृत्यु हुनेको संख्या ७० सम्म पुग्ने अनुमान गरिएको छ। आक्रमणमा दर्जनौं घाइते भएका छन्। यस्तै, अर्को जारोयदारेय नामक गाउँमा पनि आक्रमण भएको र दर्जनौं मानिस मारिएको जनाइएको छ।
यो आक्रमणका बारेमा नाइजर सरकारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।