काठमाडौं–गायिका इन्दिरा जोशी र अमरको स्वरमा रहेको ‘आगो हो’ बोलको गीत सार्वजनिक भएको छ।
युट्युबबाट सार्वजनिक गरिएको गीतमा अमरले र्याप गाएका छन् भने बाँकी लयात्मक गीत इन्दिराले गाएकी छन्।
‘पारस मास्टरपिन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा रेभेलुसन अडियो प्रालिलाई दिइएको छ।
गीतसँगै भिडियो पनि तयार पारिएको छ। भिडियोमा युवतीलाई प्राप्त दैविशक्तिका कारण विभिन्न दुर्घटनाबाट जोगिन सकेको देखाइएको छ।
भिडियोमा अञ्जली ढकाल, सन्देश शाक्यसँगै इन्दिरा जोशीको पनि अभिनय देख्न सकिन्छ। भिडियोको कथा र निर्देशन सुमित डंगोलको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।