काठमाडौं- हवाइ क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले नेपाल वायुसेवा निगमको नि:शुल्क टिकट माग गरेका छन्।
प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणका कर्मचारीलाई पनि निगमले 'स्ट्यान्डबाई' टिकट दिनुपर्ने बताए।
सरकारी भएकै कारण विना प्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएको एयरलाइन्सले नाफाबाट न्यूनतम हिस्सा दिएकाले आफूहरुलाई टिकट दिनुपर्ने उनको तर्क छ। 'संसारभर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाएकाले नाफाको ३० प्रतिशत दिन्छन्। तर नेपालमा भने अहिलेसम्म दिइआएको १५ प्रतिशतबाट पनि झार्ने प्रस्ताव गरेको छ। यसरी कसरी हुन्छ?' उनले प्रश्न गरे।
नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवाको गुणस्तर पनि नबढाएको उल्टो अर विमानस्थलमा पनि अन्य विना प्रतिस्पर्धा दिइएको प्रति उनले असन्तुष्टी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।