ओस्लो–नर्वेको एउटा गाउँमा पहिरो जाँदा १० जना घाइते हुनुका साथै १२ जना बेपत्ता भएका छन्। कैयौं घर पहिरोले बगाएको छ।
राजधानी ओस्लोबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको गेजरड्रम गाउँमा पहिरो गएको हो । गाउँबाट करिब ७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रधानमन्त्री एर्ना सेलबर्गले घटनास्थलको अवस्था असामान्य रहेको र हेलिकोप्टरबाट उद्धार जारी रहेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।