एजेन्सी–यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ। आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन्।
सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर सउदी अरबबाट उडेको विमान विमानस्थलमा अवतरण गरेको केही समयमै ठूलो बिस्फोट भएको थियो। मारिनेमा सरकारी कर्मचारी छन्। प्रधानमन्त्री मइन अब्दुलमइक सइदले आफू र मन्त्रीमण्डलका सदस्यहरु सकुशल रहेको बताएका छन्।
सूचनामन्त्रीले आक्रमणमा इरानसमर्थित हुती विद्रोही संलग्न रहेको जनाउँदै यसलाई कायरतापूर्ण आतंकवादी आक्रमण भनेका छन्।
हुती विद्रोहीले यमनको अधिकांश पश्चिमी भाग नियन्त्रणमा लिएका छन्। साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मन्सुर देश छाडेर भाग्न बाध्य भएपछि साउदी अरब नेतृत्वको गठबन्धनले यमनको युद्धमा हस्तक्षेप गरेको थियो। हालसम्म यमनमको युद्धमा १ लाखभन्दा बढी मानिस मारिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।